नगद रु ४१,००० का साथमा एक थान ट्रफि,मेडल र प्रमाण-पत्र उचाल्दै देउराली गोल्ड कप २०७३ आफ्नो पोल्टोमा पारे।
देउराली कार्तिक-२६
विनोद
"मायादेवी हरि डंगोल स्मृति देउराली गोल्ड कप २०७३"देउराली स्पोर्टिङ क्लबले हरेक वर्ष हरिबोधनी एकादशीको अवसर पारेर संचालन गर्दै आईरहेको मायादेवी हरि डंगोल देउराली गोल्ड कप यो वर्ष पनि भब्यताका साथ समापन भएको छ।जम्मा २८ टिमले सहभागिता जनाएको देउराली गोल्ड कप २०७३ मा यो वर्षको विजेता सनराईज स्पोर्टिङ क्लब भएको छ।
आज दिनको २०:०० बजेबाट सुरु हुने खेल भए पनि केही समय ढिलो संचालन भएको थियो।सनराईज स्पोर्टिङ क्लब v/s चापगैरी FC बीच भएको उक्त फाईनल खेलमा खेल हेर्न आउनु भएका दर्शकहरुले पनि भरपुर मनोरंजन लिए।किनकी खेल निक्कै रोचक र प्रतिस्पर्धात्मक भएको थियो।
निर्धारित १घण्टाको खेलमा दुवै टिमले ३-३ गोल गर्दै पुर समय बराबरी खेल खेले भने खेल अझै प्रतिस्पर्धात्मक र रोचक हुन पुग्यो र केही समयको विश्राम पछि अतिरिक्त समय १० मिनेटको खेल भए त्यसमा पनि दुवै टिमबाट कुनै गोल हुन सकेन र खेल अझ रोचक,घोचक अनि प्रतिस्पर्धात्मक भै ट्राईवेकरसम्म पुगे।दुवै टिमले केही समय विश्राम लिए पछि आफ्नो टिमलाई यो वर्षको उपाधी जिताउन फेरि खेल मैदानमा उपस्थित भए।
कस्ले जीत्ला आफ्नो टिमको समर्थकमा पनि कौतुहलता हुन थाल्यो अन्तत ५-५ जना आफ्नो टिमलाई जीताउन तयारी अवस्थामा बसे र एक एक गर्दै पेनाल्टी सुट गरे जसमा सनराईज स्पोर्टिङ फेमेगुरुले ५ गोल गरे भने चापगैरी FC ले २ वटा पेनाल्टी सुट असफल गरे जसको कारण ३ गोल गर्दै हारको सामना गर्नुका साथै दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो।
"मायादेवी हरि डंगोल देउराली गोल्ड कप २०७३"यो वर्षको टाईटल जीत्दै प्रथम हुने टिम सनराईज स्पोर्टिङ क्लब फेमेगुरुले नगद रु ४१,००० का साथमा एक थान ट्रफि,मेडल र प्रमाण-पत्र उचाल्दै देउराली गोल्ड कप २०७३ आफ्नो पोल्टोमा पारे।
क्रमशःदोस्रो हुने चापगैरी FC ले नगत रु २१,००० मेडल,प्रमाण-पत्र र सेमि फाईनलसम्म पुग्ने दुई टिम टोड्के झरना र तमु ब्वाइज(Yellow-7) ले ४,०००-४,००० प्राप्त गरे।यो वर्षको बेस्ट गोल रक्षक सनराईजका रुपक गुरुङ्ग बने भने डिफेन्डर DSC का रोहित राई बने,यो सिजनको सर्वाधिक गोलकर्ता चापगैरीका उमेश राई भए।
सबैले एक एक जोर बुट प्राप्त गरे र यो सिजनको म्यान अफ द टुर्नामेन्ट एक थान बुट ट्रफिकासाथ सनराईजका योगेश गुरुङ्ग बने।





Post a Comment