Header Ads

ilam green:नमुनाले जितिन् मिस इलाम एसएलसी २०१६.


नमुनाले जितिन् मिस इलाम एसएलसी २०१६
मिस इलाम एसएलसी आइकन २०१६ को उपाधि नमुना अधिकारीले हात पारेकी छिन्।१७ जना प्रतिष्पर्धीलाई पाखा लगाउदै नमुनाले इलाममै पहिलोपटक आयोजित मिस इलाम एसएलसीको ताज चुमेकी हुन्।उनले मिस फोटोजेनिकको उपाधि पनि जितिन्।फस्र्ट रनर अपको उपाधि चेल्सी राईले जितेकी छिन्।


उनले मिस चार्मिङको सबटाइटल पनि जितिन्।यसै गरि सेकेन्ड रनर अपको उपाधि प्रजिना श्रेष्ठले जितिन्।उनले मिस बेष्ट ड्रेस र भ्युवर्स च्वाइस को सबटाइटल पनि जितिन्।सिम्रन थापा र मनिसा राईले उत्कृष्ट पाँचमा चित्त बुझाए।

आयोजकले प्रतियोगीतामा सहभागी हुनका लागि आवेदन दिने सबै सहभागीलाई फाइनालिष्ट बनाएको थियो भने सबै सहभागीहरुलाई विभिन्न नामका सबटाईटल अवार्डले सम्मनित गरेको थियो।सञ्जु मल्लले इभेण्टको कोरियोग्राफ गरेकी थिइन्।

सुमन दासले प्रतियोगीहरुको ड्रेस डिजाईन गरेका थिए।रोसन श्रेष्ठ र सुप्रिया श्रेष्ठले कार्यक्रम होष्ट गरेका थिए।कार्यक्रम हिजो साँझ गौतमबुद्ध सभागृहमा सञ्चालन भएको थियो।भुवन राउतले कार्यक्रमको निर्देशन गरेका थिए।
ilam green बाट साभार

No comments

Powered by Blogger.