हरिबोधनी एकादशीको पावन अवसरमा मायादेवी हरि डंगोल स्मृति देउराली गोल्ड कप २०७३ फाईनलमा यी दुई टिम पुगे।
हरिबोधनी एकादशीको पावन अवसरमा देउराली स्पोर्टिङ क्लबले प्रत्येक वर्ष संचालन गर्दै आई रहेको मायादेवी हरि डंगोल स्मृति देउराली गोल्ड कप २०७३ हरेक वर्षझै यो वर्ष पनि भब्यताका साथ संचालन गरि रहेको छ।
आज भएका सेमी फाईनल खेलहरु चापगैरी FC v/s टोड्के झरना र सनराईज फेमेगुरु v/s तमु ब्वाइज(Yellow-7)माईमझुवा बीच भएका थिए।आज भएको पहिलो सेमि फाईनाल खेलमा टोड्के झरनालाई ४ गोलको भरी अन्तरले पछि पार्दै चापगैरी FC फाईनलमा पुगेको छ।
र आजै भएको अर्को सेमि फाईनल खेल सनराईज फेमेगुरु v/s तमु ब्वाइज(Yellow-7)माईमझुवा बीच भएको थियो।यो खेल निकै रोचक र प्रतिस्पर्धात्मक भएको थियो।दुवै टिम फाईनलको दावेदार पनि थिए तसर्थ दुवै टिमबाट ३-३ गोल गरी निर्धारीत समय भरी बरावरी खेल खेले।
र अन्त्यमा नियम अनुसार ट्राईबेकरमा सनराईज फेमेगुरु ५ गोल गर्दै फाईनलमा पुगे भने तमु ब्वाइज(Yello-7)माईमझुवाको तर्फबाट ४ गोल गर्दै १ गोलको हार बेहोर्नु पर्यो।खेल हो हार जीत त भै हाल्छ तर खुशीको कुरा फाईनल खेल भन्दा कम थिएन।र अन्त्यमा भोलि हुने फाईनल खेल चापगैरी FC v/s सनराईज फेमेगुरु हुनेछ।
उक्त खेल दिनको १२:०० बजेदेखी संचालन हुनेछ।दुवै टिमलाई अग्रिम शुभकामना।साथै सम्पूर्ण खेलप्रेमी आदरणीय अग्रज महानुभावहरुमा फाईनल खेलमा उपस्थित भै खेलको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौ।




Post a Comment